दफा ३३
बरामद भएको मालवस्तु जफत हुने
(१) यो ऐन बमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा कब्जा भएको सवारी साधन,८ चौपाया र अन्य सबै मालवस्तु समेत जफत हुनेछ।
(२) उपदफा (१) बमोजिम जफत भएका सवारी साधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार नेपाल सरकारले प्रयोग गर्न सक्नेछ।
(३) उपदफा -(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको कसूरमा बरामद भएको भाडाको ढुवानीका साधन कसूर गर्ने व्यक्तिले ढुवानीका साधन धनीको अनुमति बिना त्यस्तो कार्यमा प्रयोग गरेको ठहरेमा सो ढुवानीका साधन जफत गरिने छैन। यसरी ढुवानीका साधन प्रयोग गर्ने सवारी चालकलाई कसूरको प्रकृति हेरी पचास हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ।